Birat Post आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ फाल्गुन ।
आफ्नो हक अधिकार संरक्षणका लागि युवा समूहलाई रैथाने एकता परिषदले आव्हान गरेको छ । विराटनगरमा शनिबार परिषद्को प्रदेश १ कमिटिद्वारा आयोजित अन्र्तक्रियामा परिषद्का संयोजक सन्तोष बराईलीले रैथानेहरु अब आफै संगठित हुदै पहिचानका लागि अघि बढ्नेपर्नेमा जोड दिए। महानगर नजिकबाट भेला भएका युवाहरु बीच संयोजक बराईलीले रैथानेलाई सबल र सक्षम बनाउने अभियानमा समाहित हुन आग्रह गरेका थिए।

पाँच वर्षअघि सिरहाको लाहानमा स्थापना भएको बताएका संयोजक बराईलीले अबका दिनमा सबै आम नागरिक राजनीतिक रुपमा सचेत हुनुपर्ने बताए। तीन तहको सरकारमा हुने गरेका क्रियाकलापमा समेत विशेष चासो राख्नुपर्नेमा जोड दिएका बराईलीले भ्रष्टाचारका कारण आएका बजेटहरु समेत दुरुपयोग हुने गरेको आरोप लगाए। मुलुकको राजनीतिक घटनाक्रममा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्न बाध्य बनाइएको उनको आरोप रहेको छ।

आफ्नै दलभित्रबाट काम गर्न नदिएर प्रधानमन्त्री ओलीले राजीनामा दिनुपरेको बताएका संयोजक बराईलीले प्रधानमन्त्रीले अहिलेनै राजीनामा दिनु नपर्ने उल्लेख गरे।कार्यक्रममा रैथाने एकता परिषद्का मोरङ अध्यक्ष नरेश दनुवारले मोरङमा २१ वटा विभिन्न जातजाती आदिवासी जनजातीका रुपमा सुचीकृत भएको बताए। कार्यक्रममा पषिद् प्रदेश १ का महासचिव अमरेन्द्रसिंहले रैथानेका लागि अब युवासंग एकताबद्ध हुदै सरकारसंग हकअधिकारको माग गर्नुपर्ने उल्लेख गरे।

सम्बन्धित

ताजा अपडेट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल