विराटनगर २४ फाल्गुन / सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को बाेर्ड राखेका छन् । एमालेका पूर्व नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।
मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जनसंगठनहरुले आजदेखि पूर्ववतरुपमै आफ्नो गतिविधि सुचारू गर्ने बताए । पोखरेलले पहिलेकै नाममा जनसंगठनहरुले आफ्ना गतिविधि सुरु गर्ने जानकारी समेत दिएका छन् । कार्यक्रममा एमााले नेताहरु गुरु बराल, विनोद ढकाल लगााायतको सहभागिता रहेको थियाेे ।