विराटनगर २४ फाल्गुन ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयकाे आयाेजना र पत्रकार महासंघ माेरङ शाखाको संयाेजनमा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम शुरू भएको छ । तालिममा प्रदेश १ का विभिन्न जिल्लाका ४० जना सहभागी भएका छन् । तालिमको मुख्य प्रशिक्षक पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा रहेका छन् । साेेमबार विराटनगर महानगरका मेयर भीम पराजुलीले तालिमको शुभारम्भ गरे ।
कार्यक्रममा बाेल्दै मेयर पराजुलीले पत्रकारिता क्षेत्रकाे श्रीबृद्धिमा अधितम सहयाेग गर्ने बताए । उनले तालिममा लिएको सिपलाई व्यवहारमा लगाउन आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघ माेरङका पूर्व अध्यक्ष शिव बहादुर कार्की,विक्रम निराैला,प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा ,पत्रकार महासंघ माेरङका सल्लाहकार अनन्तराज न्याैपाने ,पत्रकार महासंघ माेरङका अध्यक्ष बन्धु पाेखरेल,प्रेस युनियन प्रदेश १ का उपाध्यक्ष लिलाबल्लभ घिमिरे लगायतकाे सहभागीता रहेकाे थियाे ।