Birat Post सोमबार, चैत्र ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ चैत्र /

अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान र मुक्तक सागर त्रैमासिक पत्रिकाले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि एवं पत्रकार प्रमोद प्रधान, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, मुक्तकसागर पत्रिकाकी सम्पादक निशा केसीलगायतले मुक्तककार ढुंगेललाई दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरे । ढुंगेलको ‘तिमीले लगेको मुटु’ मुक्तकसंग्रह प्रकाशित छ ।

त्यस्तै सोही अवसरमा स्याङ्जाका साहित्यकार अनन्त अर्याल, मिलन समीर, मकवानपुरका बिर्खे अञ्जान, सिक्किमकी जीविका अश्रु, सुनसरीका बद्री भिखारी, राधा भट्टराई, परिक्रमा श्रेष्ठ, मोरङका गोकुल अधिकारी, प्रयाग न्यौपाने, भरत गुरागाईं तारानाथ पोखरेल, लक्ष्मी स्मृति, चूडामणि नेपाल ‘अकिञ्चन’, लक्ष्मी आचार्य, सरिता तुलाधर, लक्ष्मी रायमाझी, अम्विका खरेल उप्रेती, ममता मृदुललगायतले तीन दर्जनभन्दा बढी स्रष्टाहरूले मुक्तक वाचन गरेका थिए । त्यस्तै प्राज्ञ विवश पोखरेल, लक्ष्मी श्रेष्ठ, बाबुराम पोखरेल, जीविका अश्रु, राधा भट्टराई, रीता ताम्राकारलगायतलाई मुक्तकसागर पत्रिकाले आजीवन सदस्यको सम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रमोद प्रधान, समालोचक दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले नेपाली साहित्यमा मुक्तकको अवस्थालगायतका विषयमा प्रकाश पारेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल