Birat Post सोमबार, चैत्र ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ चैत्र/ विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर पत्रकार अनिल श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार विराटनगरमा सम्मान गरेको हो ।

सम्मानित भएका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले कदर पत्र र नगद पाँच हजार रूपैयाँसहित सम्मान गरे ।सोही अवसरमा निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यार्थीहरू नगदसहित पुरस्कृत भए । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर ‘उपभोक्ताको हकको कार्यान्वयनमा विद्यार्थीको भूमिका’ शिर्षकको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त प्रतियोगिताको प्रथम मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माविमा अध्ययरत रोशिका अधिकारी भइन् । यस्तै द्धितीय विराटनगरको अरनिको स्कूलकी लुनाकिरण सापकोटा, तृतीय उर्लाबारीको सुनपकुवा माविका अञ्जान मिश्र र चौथो धनकुटाको गोकुण्डेश्वर माविका पुष्पदिप विश्वकर्मा भए । उनीहरूलाई नगदसहित पुरस्कृत गरियो ।
फोटो छ ।

 

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल