Birat Post शुक्रबार, चैत्र ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

      काठमाडौं ६ चैत्र ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कवि निर्मला कोइरालाको खण्डकाव्य मिलनबिन्दुको  एक समारोहबिच लोकर्पण गरेका छन् ।  काठमाडौंमा शनिबार  आयोजित  लाेेेकार्पण कार्यक्रमा बाेल्दै उप्रेतीले खण्डकाव्यले विभेदलाई न्यून तुल्याउने सन्देश दिएको बताए ।
समारोहका सभापति एवं प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले  खण्डकाव्य स्तरीय कृति भएका कारण  प्रतिष्ठानले उक्त कृतिलाई प्रकाशन गरेको बताए । साहित्यकार विवश पोखरेलले स्वागत मन्तव्य प्रकट गर्दै  खण्डकाव्यकाे चर्चा गरेका थिए ।
नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीले कृतिकार निर्मला कोइराला सर्जक मात्र नभएर कुशल साहित्यिक संगठनकर्ता समेत भएको बताए ।
सांसद जीवन परियार तथा नेपाल शिक्षक संघ राष्ट्रिय समतिका वरिष्ठ उपाध्यक्ष एमपी भुसालले कवि कोइरालाको मिलनबिन्दु नेपाली समाजलाई अग्रगामी दिशामा डो¥याउन सफल कृति बन्नसक्ने विश्वास व्यक्त गरे ।
साहित्यकारहरु ज्ञानु अधिकारी तथा प्रल्हाद पोखरेलले उक्त कृतिमाथि विशेष समीक्षा गर्दै कवि कोइरालाको लेखन शिल्पको विशिष्टता बारे चर्चा गरे ।
सो समारोहमा साहित्यकारहरु डा.कुमार प्रसाद कोइराला तथा डा.रेणुका सोलुले कवि निर्मलाभित्र अन्तरनिहित लेखकीय विशिष्टताको चर्चा गरे ।
कृतिकार निर्मला कोइरालाले पश्चिमरुकुममा हालै घटेको दु:खद घटनाले आफूलाई धेरै दिनसम्म छोइरहेका कारण यही पृष्ठभूमिमा उक्त काव्य आफुले तयार पारेको बताइन् ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल