Birat Post शुक्रबार, चैत्र ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

      काठमाडौं ६ चैत्र ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कवि निर्मला कोइरालाको खण्डकाव्य मिलनबिन्दुको  एक समारोहबिच लोकर्पण गरेका छन् ।  काठमाडौंमा शनिबार  आयोजित  लाेेेकार्पण कार्यक्रमा बाेल्दै उप्रेतीले खण्डकाव्यले विभेदलाई न्यून तुल्याउने सन्देश दिएको बताए ।
समारोहका सभापति एवं प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले  खण्डकाव्य स्तरीय कृति भएका कारण  प्रतिष्ठानले उक्त कृतिलाई प्रकाशन गरेको बताए । साहित्यकार विवश पोखरेलले स्वागत मन्तव्य प्रकट गर्दै  खण्डकाव्यकाे चर्चा गरेका थिए ।
नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीले कृतिकार निर्मला कोइराला सर्जक मात्र नभएर कुशल साहित्यिक संगठनकर्ता समेत भएको बताए ।
सांसद जीवन परियार तथा नेपाल शिक्षक संघ राष्ट्रिय समतिका वरिष्ठ उपाध्यक्ष एमपी भुसालले कवि कोइरालाको मिलनबिन्दु नेपाली समाजलाई अग्रगामी दिशामा डो¥याउन सफल कृति बन्नसक्ने विश्वास व्यक्त गरे ।
साहित्यकारहरु ज्ञानु अधिकारी तथा प्रल्हाद पोखरेलले उक्त कृतिमाथि विशेष समीक्षा गर्दै कवि कोइरालाको लेखन शिल्पको विशिष्टता बारे चर्चा गरे ।
सो समारोहमा साहित्यकारहरु डा.कुमार प्रसाद कोइराला तथा डा.रेणुका सोलुले कवि निर्मलाभित्र अन्तरनिहित लेखकीय विशिष्टताको चर्चा गरे ।
कृतिकार निर्मला कोइरालाले पश्चिमरुकुममा हालै घटेको दु:खद घटनाले आफूलाई धेरै दिनसम्म छोइरहेका कारण यही पृष्ठभूमिमा उक्त काव्य आफुले तयार पारेको बताइन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल