Birat Post सोमबार, चैत्र ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

दुहबी । सुनसरी दुहबी नगरपालिका ८ मा एक दिने अन्तर बिधालय स्तरिय फ्रेन्डसिप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। कार्यत्राहक वडा अध्यक्ष बिनय दाहालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि अरिहन्त मल्टी फाइबरका कार्यकारी प्रमुख गोबिन्द बजगाइ रहेका थिए भने विशिष्ट अतिथी सन बिम स्कुलकी प्रिन्सिपल दया कुमारी ढुङ्गाना र नेपाली कांग्रेस क्षेत्र नम्बर ३ सचिब ओम थापा रहेका थिए।

दुहबी ८ स्थित सोनापुर खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा सन बिम स्ङ्गिलस स्कुल र माउन्ड एभरेस्ट स्कुल सोनापुर बीच प्रतिस्पर्धा रहेको थियो ।खेलको सुरुमा टस जित्दै सनबिम स्कुलले ब्याटिङ्ग रोजेको थियो। सनबिम स्कुलका निकित थापाले सर्वाधिक ४४ रन जोड्दै आफ्नो टिमलाइ १६० रनको अग्रता दिलाएका थिए।

१६१ रनको लक्ष्य सहित मैदानमा उत्रेको माउन्ट एभरेस्ट स्कुल १३ ओभर मै अल आउट हुँदै ६० रन जोडेको थियो। उक्त रोमान्चक खेलमा १०० रनको अग्रता सहित सनबिम स्कुलले बिजय हासिल गरेको थियो। वडा अध्यक्ष कप को पुर्वतयारी स्वरुप आयोजना गरेको अन्तर बिद्याmय स्तरिय उक्त खेलमा सनबिम स्कुलकी प्रिन्सिपल ढुङ्गानाले स्कुल स्तर बाट नै क्रिकेटको स्तरबृद्धी गर्ने उदेश्य सहित आफू लागि परेको बताइन। बिजेतालाई शिल्ड,मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल