Birat Post बुधबार, चैत्र ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ चैत्र ।

विश्वभर आज बुधबार क्षयरोग दिवस मनाइँएको छ । नेपालमा पनि ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो ।नेपालमा प्रतिरोधी क्षयरोग बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । गत आर्थिक बर्ष २०७६ र ७७ मा औषधि प्रतिरोेधी क्षयरोगका बिरामी ३८४ जनाको नियमित उपचार गराइएको थियो । सरकारले क्षयरोग स्वास्थ्य समस्या मात्र नभएर सामाजिक समस्या भएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।

यस संगै विराटनगर महानगरले पनि क्षयरोगी बिरामीको संख्या र अवस्थालाई मध्यनजर गर्दै समय समयमा विभिन्न जनचेतनामुलक कार्य गरेको बताएको छ । महानगरको जनस्वास्थ्य महाशाखाले बुधबार पत्रकार सम्मेलन गर्दै क्षयरोगीको पहिचान र ब्यवस्थापनमा काम गरिरहेको जानकारी दिएको छ ।

बिरामीले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने भएकाले उनिहरुको सहजताका लागि समेत नगरका १९ वटै वडामा रहेका स्वास्थ्य केन्द्र मार्फत नियमित सेवा दिइरहेको महानगरका जनस्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले जानकारी दिए । उनले क्षयरोगीको पहिचान गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडी बढाइने बताए । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत,सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्ट ट्रेडिङ
आश्विन शुक्ल अष्टमी र नवमी पर्व आज मनाइदै
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल