ओखलढुङगा, १८ चैत्र ।
ओखलढुङगा खिजिदेम्बा ६ भित्तेमा बस्ने ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । उनी संघै घरमा समेत क्षती भएको जनाइएको छ ।