उदयपुर, ३१ चैत्र ।
उदयपुर कटारी नगरपालिका ४ सिम्लेका ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बेलुका मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।