Birat Post मंगलबार, चैत्र ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ चैत्र / 

बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिकिमको युनाइटेड र वेस्ट बंगालको टिमलाई हराउँदै समेफाइनलको यात्रा सुरक्षीत गरेको छ ।
नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको ४६ औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले किलियर गरेको बलललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए । पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । खेलको १९ औं मिनेटमा एपीएफका मनी लामाले डिबक्स बाहिर देखि गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामलो पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरदा बराबारी हुनबाट चुक्यो ।

दोस्रो हाफदेखि एक गोलले एपीएफले अग्रता लिएपछि प्रहरीले थप आक्रामक खेल्यो । प्रहरीले एक गोल खाएपछि दबावमा पर्दा दोस्रो हाफदेखि खेल निकै रोचक बन्न पुगेको थियो । दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीफका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिए । साविक विजेता प्रहरीले दोस्रो हाफदेखि पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा प्रतियोगितादेखि बाहिरन बाध्य भयो ।

खेलको ७१ औं मिनेटमा प्रहरीका रवि पासवानले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । खेलको ७८ औं मिनेटमा प्रहरीका अन्जन राईले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिददा खेल बराबारी हुनबाट चुक्यो । खेलको अन्त्य तिर ९० मिनेटमा एपीएफका सुमन लामाले डिबक्स देखि बललाई एक्लै अगाडी बढाएर वान भर्सेस वानको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमेको जितको लागि सुनिश्चित बन्यो । प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडी बढदा सुमनले बललाई एक्दै अगाडी बढाएर गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मेहनतको कारणले विभागिय टिमललाई हराएको बताए । प्रहरीका प्रशिक्षक अन्नतराज थापाले डिफेन्डरको कारणले गर्दा हार भएको बताए । मंगलबार खेल पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्स बिच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
राप्रपाले विराटनगरमा आमसभा गर्ने , लिङ्देन ,शाही र मिश्र प्रमुख बक्ता
एकता, एकीकरणका नाममा गल्ती गर्न चाहन्न :अध्यक्ष थापा
पाशुपत क्षेत्रभित्र सवारी साधन सञ्चालनमा रोक, एक वर्षपछि लाश गाड्न नपाइने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल