Birat Post आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ५ वैशाख ।

मोरङ जिल्लास्तरिय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ । बेलाबारी–११ स्थित लक्ष्मी खेल मैदानमा भएको प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिकाले १५ स्वर्ण, १३ रजत र २१ कास्य पद प्राप्त गर्दै उपाधि जितेको हो । त्यस्तै विराटनगर महानगरपालिकाले १४ स्वर्ण, १५ रजत र १२ कास्य पदका साथ दोस्रो र बेलबारी नगरपालिकाले ७ स्वर्ण, ५ रजत र १५ कास्यका साथ तेस्रो स्थानमा आएका छन् ।

प्रतियोगिता अन्तर्गत लङजम्पको छात्रातर्फ रतुवामाई नगरपालिकाकी विमला कार्की प्रथम, सुन्दरहरैँचा नगरपालिकाकी अमिशा चौधरी द्वितीय र रंगेली नगरपालिकाकी लिजा ताजपुरिया तृतीय भइन् भने छात्रतर्फ ग्रामथान नगरपालिकाका रेमन भगत प्रथम, रतुवामाई नगरपालिकाका निर्मोद बेस्रा तृतीय भए । त्यस्तै हाइजम्पको छात्रतर्फ सुन्दरहरैँचा नगरपालिकाका किरण चौधरी प्रथम, विराटनगर महानगरपालिकाका सागर यादव द्वितीय र उर्लाबारी नगरपालिकाका सरोज धिमाल तृतीय भए भने छात्रातर्र्फ सुन्दरहरैँचा नगरपालिकाकी कञ्चन कार्की प्रथम, ग्रामथान नगरपालिकाकी स्वेच्छा माझी द्वितीय र बेलबारी नगरपालिकाकी प्राश्ना मगर तृतीय भइन् ।

४ गुणा १ सय मिटर रिले दौडको छात्रतर्फ रतुवामाई प्रथम, उर्लाबारी द्वितीय र बेलबारी तृतीय भए भने छात्रातर्फ सन्दरहरैँचा प्रथम, उर्लाबारी द्वितीय र रतुवामाई तृतीय भए । ४ गुणा ४ सय रिलेको छात्रतर्फ सुन्दरहरैँचा प्रथम, केराबारी द्वितीय र उर्लाबारी तृतीय भए भने छात्रातर्फ केराबारी प्रथम, रतुवामाई द्वितीय र रंगेली तृतीय भए । ३ हजार मिटर दौडको छात्रतर्फ केराबारीका क्षितिज राई प्रथम, उर्लाबारीका गजेन्द्र निरौला द्वितीय र सुन्दरहरैँचाका लक्की तामाङ तृतीय भए भने छात्रातर्फ उर्लाबारीकी अनिषा राई प्रथम, सुन्दरहरैँचाकी प्रनिश मगर द्वितीय र रतुवामाई आँचल मुर्मु तृतीय भए । त्यस्तै ट्रिपलजम्पको छात्रतर्फ ग्रामथानका जीवेश सरदार प्रथम, बेलबारीका सुरेश लिम्बू द्वितीय र धनपालथानका राहुतकुमार साह तृतीय भए भने छात्रातर्फ सुन्दरहरैँचाकी अमिशा चौधरी प्रथम, रतुवामाईकी सुजता चौलागाईं द्वितीय र उर्लाबारीकी सुष्मिता पाँचकोटी तृतीय भइन् ।

त्यसैगरी, कबड्डीको छात्रातर्फ बेलबारी प्रथम, बुढीगंगा दोस्रो, जहदा र सुन्दरहरैँचा तृतीय भए भने छात्रतर्फ धनपालथान प्रथम, विराटनगर द्वितीय, बेलाबारी र उर्लाबारी तृतीय भए । भलिबलको छात्रतर्फ विराटनगर प्रथम, रतुवामाई द्वितीय, बेलबारी र सुन्दरहरैँचा तृतीय भए भने छात्रातर्फ विराटनगर प्रथम, रतुवामाई द्वितीय, पथरीशनिश्चरे र सुन्दरहरैँचा तृतीय भए । एथ्लेटिक्सतर्फ केराबारी गाउँपालिकाको मच्छिन्द्र माविका अभिषेक श्रेष्ठ र सञ्जुमाया तामाङ उत्कृष्ट खेलाडी भए । कबड्डीतर्फ बेलबारीको काली माविकी शान्ता तामाङ उत्कृष्ट भइन् ।
खेलाडीहरूलाई बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साह, जिल्ला खेलकुद विकास समिति प्रमुख देवराज कट्वाल र सुजय गौतमलगायतले वितरण गरे ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल