Birat Post आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ बैशाख ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनका पदाधिकारी बीच छलफल भएको छ । विराटनगर स्थित कोइराला निवासमा रहेको फाउण्डेसनमा अमेरिका च्याप्टरका संयोजक सोमनाथ घिमिरे, फाउण्डेशन प्रदेश १ का संयोजक शैलेन्द्र शिवाकोटी, मोरङ जिल्ला संयोजक कौशल निरौला, फाउण्डेसन विराटनगरका उपाध्यक्ष अरुण खेतान ,मोरंग जिल्ला सदस्य शर्मिला पोखरेल अधिकारी, प्राध्यापक प्रमिला गच्छदार, तिनटोलिया समाज सेवा समितिका अध्यक्ष डिगेन्द्र राउत लगायतको सहभागिता रहेको थियो । छलफलमा फाउण्डेशनको भावि योजनाहरु वारे छलफल गरिएको थियो । कोरोना कहर पछीको शिक्षा र स्वास्थ्यका विषय राज्यको प्राथमिकतामा रहनुपर्ने सवाललाई उठान गरिएको थियो।

आगामी दिनहरूमा फाउन्डेशनलाई संयुक्त राष्ट्रसंघ लगायत उच्चस्तरीय अन्तरराष्ट्रिय सामाजिक संघ संस्थाहरूसँग समन्वय गरी अगाडी बढ्न सहभागीहरुले सुझाएका थिए । यस्तै विराटनगरमा बनिरहेको संग्राहलयको निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम चाडै सक्नु पर्नेमा जोड दिइएको थियो । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाद्धारा स्थापित यस संस्थाले देश ,विदेशका विभिन्न स्थानमा सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
जनताले नै राजा चाहेको खण्डमा हामी के गर्न सक्छौँ : शेखर कोइराला
विराटनगरमा चैत ५ गतेदेखि हुन लागेको रासलीला के हो ? को-को सहभागी हुदैछन् ?
पाँचौ मिल्स गोल्डकप : प्रहरीलाई स्तब्ध बनाउँदै पेमा स्पोर्टिङ्ग क्लब सेमिफाइलनमा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल