Birat Post मंगलबार, बैशाख ०७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ बैशाख ।
प्रदेश १ को राजधानी विराटनगरको इतिहाससँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता-२०७७ सम्पन्न भएकोमा विराटनगर महानगरका मेयर भीम पराजुली र आयोजक समितिका संयोजक मनोजविक्रम शाहले धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सन्जाल मार्फत उनीहरुले आयोजना सफल पार्न सहयोग गर्ने सवै सुभचिन्तक सुभेच्छुकहरुमा धन्यवाद ज्ञापन गरेका हुन् । विराटनगर महानगरका मेयर भीम पराजुलीले लेखेका छन् ,विराटनगरको गौरवकारुपमा रहेको विराट गोल्डकप-२०७७ भव्यरुपमा सफल भएको छ । यो कार्यक्रममा सहयोग गर्नुहुने सवैमा धन्यवाद ज्ञापन गर्दछु ।,,

 

यस्तै विराटगोल्कप आयोजक समितिका संयोजक मनोज विक्रम शाहले लेखेका छन् ,प्रदेश नं.१ र विराटनगरको गौरवकारुपमा रहेको मोफसलको प्रतिष्ठित विराट गोल्डकप-२०७७ लाई भब्य,सभ्य र अविस्मरणीय बनाउदै ऐतिहासिक रुपमा सफलतापुर्वक सम्पन्न गर्न मलाइ संयोजकका रुपमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ, सहयोग र मार्गदर्शनका साथै अमुल्य राय सुझाब दिनुहुने सबै प्रती अन्तरमनबाट धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछु ।यो भव्य प्रतियोगिता तपाईहरु बिना सम्भव छँदै थिएन । त्यसैले, यो सफलताको श्रेय तपाईहरु सम्पुर्णसँग बाँढ्न चाहन्छु ।,, २०७४ पछि रोकिएको प्रतियोगिता गत चैत २५ देखि २०७८ वैशाख ४ गतेसम्म भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित
कांग्रेस पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै
आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती मनाइदै

लोकप्रिय

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल