Birat Post आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

एजेन्सी । कोरोना भाइरस नष्ट गर्न ओजोन ग्यास प्रभावकारी देखिएको जापानका अनुसन्धानकर्ताले दाबी गरेका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले कोरोना भाइरस नष्ट गर्न ओजोन ग्यास प्रभावकारी देखिएको जापानका अनुसन्धानकर्ताले दाबी गरेका उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार बुधबार ती अनुसन्धानकर्ताले कम घनत्वको ओजोन ग्यास कोरोना निष्क्रिय पार्न प्रभावकारी पाइएको दाबी गरेका हुन् । यसको प्रयोगबाट अस्पताललाईइ पनि भाइरसरहित बनाउन सकिने उनीहरूको भनाइ छ ।

फुजिता हेल्थ युनिभर्सिटीका वैज्ञानिकले बुधबार एक पत्रकार सम्मेलनमा कम घनत्व (प्रतिमिलियन ०-०५ देखि ०-१० ओजोन ग्यासबाट कोरोना भाइरस नष्ट हुने तथ्य प्रमाणित भएको बताएका हुन् । यति मात्राको ओजोन ग्यासले मानिसलाई हानि नगर्ने र भाइरस पनि नष्ट हुने पाइएको उनीहरूको दाबी छ ।

अनुसन्धानका क्रममा कोरोना भाइरसको नमुनासहित एक बन्द कोठामा ओजोन जेनेरेटर प्रयोग गरिएको थियो । कम मात्राको ओजोनमा १० घण्टासम्म राख्दा कोरोना भाइरसको शक्ति ९० प्रतिशत घटेको पाइएको वैज्ञानिकले बताएका छन् ।

जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलजीले हालै गरेको अध्ययनले ओजोनले गाउन, कालो चस्मा र अन्य स्वास्थ्य सुरक्षा उपकरणलाई कीटाणुरहित पार्न प्रभावकारी हुने पाइएको रोयटर्सले उल्लेख गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल