Birat Post मंगलबार, जेठ ११, २०७८ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी,११ जेष्ठ ।

इटहरीमा निजि क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन मंगलबारबाट संचालनमा आएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजनसहितको आइसोलेसन सेवा सञ्चालनमा आएको हो । इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्धवारिकलाल चौधरीले निजि क्षेत्रको अगुवाइमा बनेको आइसोलेशनले संक्रमितको सेवामा प्रभावकारी काम गर्ने आशा ब्यक्त गरेका छन् ।

आइसोलेशन निर्माणमा नेपाल प्रेस युनियन सुनसरी,युवाउद्यमी मञ्च इटहरी,श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इहरी समेत सहभागी भएका छन् ।निजि क्षेत्रको पहलमा सञ्चालनभएको सुबिधा सम्पन्नआइसोलेशनले इटहरी नगरबासीलाइ ठूलो राहतमिल्ने अपेक्षा गरिएको छ । तीनतल्ले भवनमा सञ्चालित सुबिधा सम्पन्नआइसोलेशनमा प्राविधिक रुपमा डाक्टर र नर्ससहितको सुविधारहेको छ ।पछिल्लो समय सुनसरीसहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तिब्र भएपछि आइसोलेशन तयार गरिएको मारवाडी सेवा समिति इहरीका अध्यक्ष मुकेश अग्रवालले बताए ।

एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल संगको सहकार्यमा ७ सय ५० रुपैयामा पिसिआर जांचगर्ने सुबिधापनि दिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । यस्तै इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । यी दुवै आइसोलेशन सेवा प्रभावकारीरुपमा सञ्चालन भए इटहरीबासीलाई अझ सहज हुने देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा
‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा पत्रकार विक्रम निरौला सहित ५ जना सम्मानित
भोजपुर हत्याकाण्ड : मृतक सबैको शव परीक्षणका लागि सदरमुकाम लगियो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल