विराटनगर,१८ जेष्ठ ।
निर्माण व्यवसायी संघ मोरङले विराटनगर महानगरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महानगरले एन.आर.एनमा सञ्चालन गरेको आयुसोलेशनका लागि संघले झण्डै १ लाख ५० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको हो । निर्माण व्यवसायी संघका कार्यबाहक अध्यक्ष महेश कुमार मिश्रको नेतृत्वमा आएको टोलीले मास्क,सेनेटाइजर,पीपीइ लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको थियो । सो अवसरमा महानगरका मेयर भीम पराजुलीले नगरवासीहरुको साथ सहयोग अपरिहार्य हुने बताए ।
सो अवसरमा निर्माण व्यवसायी संघका निवर्तमा अध्यक्ष सन्तोष ढुगाना, संघका दितिय उपाध्यक्ष रमेश कोइराला,महासचिव धुब्रराज कार्की,सचिव उत्तमराज जोशी,कोषाध्यक्ष दाताराम पौडेल,सहकोषाध्यक्ष सन्जय कुमार यादव,कार्यसमिति सदस्यहरु राजकुमार कार्की,गणेश यादव लगायतको सहभागिता रहेको थियो । यस्तै हाम्रो नेपाल स्वास्थ्य नेपाल संस्थाले ४० थान पीपीइ,मास्क,अक्सिमिटर लगायतका सामान प्रदान गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष उत्सव यादवको सहभागिता रहेको थियो ।