Birat Post आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ जेठ / लामो निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार समस्यामा परेको भन्दै विराटनगरमा फुड बैंक सञ्चालनमा ल्याइएकाेे छ ।

शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा बैङ्क सञ्चालनमा ल्याएर विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो । महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका समयमा परिवार धान्न नसकेर समस्यामा परेका विपन्न नागरिकलाई सहयोग गर्न थालिएको शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा. लिका म्यानेजर सीताराम बर्तोलाले जानकारी दिए ।

दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकोमा केही सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक बर्तोलाले जानकारी दिए ।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सङ्घ संस्थाबाटबाट प्राप्त सहयोग अनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिन लगायत थप खाद्यान्न वितरण गर्ने बताए ।

शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रालि, तुलसी बहुमुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुुलसी इण्डस्ट्रिज प्रालि र शिव शिखर एग्रो प्रा।लिले फुड बैङ्कको स्थापना गरेको शिखर अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूले बताए । अहिले तत्काललाई एक साताका लागि भनेर सुरु गरिएको फुड बैङ्कलाई अन्य क्षेत्रबाट सहयोग मिलेको खण्डमा निरन्तरता दिन सकिने उनको भनाइ छ ।

वैशाख तेस्रो साताबाट मोरङमा निषेधाज्ञा लगाइएको छ । लामो समयदेखि निषेधाज्ञा लगाइए पनि सरकारबाट राहत वितरण नभएपछि भात खान नपाएका गरिबको समस्या हेरेर फुड बैङ्कको अभियान चलाइएको जानकारी लिम्बूले दिए ।

दैनिक विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने वैंकमा दुई सय गरीवहरुलाई खाद्यान्न वापत दुई किलो चामल, ५ सय ग्राम दाल, एक केजी नुन र एक सय ग्राम सोयाविन वितरण शुरु गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल