Birat Post मंगलबार, आषाढ ०१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १ असार ।
विराटनगरमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘हामी युवा’ लकडाउनले समस्यामा परेकाहरुको सेवामा जुटेको छ । संस्थाले विराटनगर–१९ का विपन्न परिवारलाई राहत बितरण गरेको छ भने निलहिरा समाजमा आवद्धहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको छ । नेपाली समाज जर्मनको सहयोगमा ‘हामी युवा’ ले विराटनगर १९ खापटोलका १ सय १० विपन्न परिवारलाई मंगलबार राहत सामाग्री बितरण गरेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक अध्यक्ष सविन दाहाल लगायतले विपन्न परिवारका सदस्यहरूलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए । प्रत्येक परिवारलाई २५ किलो चामल, दाल, खाने तेल, पिठो, चिनी, चना, मटर, नुन, सावुन, मसला लगायतका खाद्यान्न सामाग्री बितरण गरिएको हामी युवाकी अध्यक्ष जीना कार्कीले जानकारी दिइन् । विभिन्न समाजिक तथा युवाहरुको क्षेत्रमा सक्रिय कार्यगरिरहेको यस संस्था प्रदेश नं १ मा नै भिन्न पहिचान वनाउन सफल छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल