Birat Post बिहिबार, आषाढ ०३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ असार ।  विराटनगरमा रहेको हिमालय दर्शन कलेज शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामाग्री वितरणमा जुटेको छ ।

बुधबार  एक कार्यक्रमको आयोजना गरि कलेजले जीपी काेइराला फाउण्डेशन प्रदेश १ मार्फत  लकडाउनको अवधिमा अति विपन्न ५०परिवारलाई  पुग्ने खाद्यन्न सामाग्री वितरण गरेको हो ।

कलेजले फाउण्डेशन प्रदेश १ का अध्यक्ष शैलेन्द्रराज शिवाकोटीको नेतृत्वमा आएको टोलीलाई १५ केजीको दरले ५० केजी  चामल वितरण गरेको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए । उक्त चामल विराटनगर–१९ मा रहेका मुसर वस्तीका ५० परिवारलाई भोली विहिबार लगेर वितरण गर्ने फाउण्डेशनका प्रदेश १ अध्यक्षशिवाकोटीले बताए ।

कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशकद्वय भेषराज पोखरेल र ज्ञानबहादुर खडका, कलेजका संस्थापकहरु र विद्यार्थीहरुकाे सहभागीतामा राहत सामाग्री फाउन्डेसनलाई प्रदान गरिएको थियाे ।

हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने  सामाजिक क्षेत्रमा पनि सक्रिय बन्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल