विराटनगर ८ असार ।
नेपाल फाउन्डेसनले विराटनगर -६ लालिगुरास टाेलका स्थानीयलाई खुवाउदै आएको निशुल्क खाना कार्यक्रमकाे साेमबार बाट समापन गरेको छ ।
काेराेना भाइरस संक्रमणका कारण उत्पन समस्यामा परेका विपन्न परिवारलाई फाउन्डेसनले खाना खुवाउदै आएको थियो । निशेधाज्ञा सुरु भए संगै खाना खुवाउने अभियान थालेको फाउन्डेसन अध्यक्ष माेहमद मुसर्रफ खानले जानकारी दिए । दैनिक ५ सय जनालाई बेलुकीपख खाना खुवाउदै आएको खानले बताए । निशेधाज्ञा खुकुलो बन्दै गएपछि खाना खुवाउने अभियानलाई स्थगित गरिएको छ । साेमबार खाना खुवाउने कार्यक्रममा सहभागी विराटनगर महानगरका मेयर भीम पराजुलीले फाउन्डेसनले निशेधाज्ञा अबधिमा गरेकोे कामकाे प्रशंसा गरेका थिए । कार्यक्रममा सामाजिक अभियन्ता ज्याेति आचार्य,सावित्रा आचार्य ,शादबाबु , नेपाली कांग्रेस वार्ड नं ६ का सभापति बद्री थापा,फाउन्डेसन सदस्य प्रकाश मण्डल(भाेला) ,सन्जिव चापागाईं,कांग्रेस युवा नेता अरूण न्याैपाने,कृष्ण कार्की,सन्जय मण्डल लगायतको सहभागीता रहेको थियोे ।