विराटनगर,१५ असार । जनता माध्यमिक विद्यालय विराटनगर—२ को एसएलसी समूह -२०३१ ले स्वर्गीय मनोहर रोक्का क्षेत्रीको ४५औ दिनको पूण्य स्मृतीमा व्याग तथा स्टेशनरी सामान वितरण गरेको छ ।
२०३१ सालको एसएलसीका पूर्व विद्यार्थीहरुको समूह मिलेर गठन भएको यो संस्थाले विद्यालय क्षेत्र भित्र रचनात्मक तथा प्रर्वद्धनात्मक कार्य गर्दै आएको सदस्य भुवन रेग्मीले बताए । विद्यालयमा अध्यनरत सवै समूहका विद्यार्थीलाई व्याग तथा स्टेशनरीका सामान वितरण गरेको रेग्मीले जानकारी दिए । केही बर्षदेखी सक्रिय रहेको पूर्व विद्यार्थी समूहले सोमवार एक समारोहका बीच स्वर्गीय मनोहर रोक्काकी श्रीमतीलाई समवेदना पत्र समेत प्रदान गरेकाे थियाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर कार्की , विद्यालयका प्राचार्य शनद कुमार रेग्मी , समाजसेवी मीनु जोशी , नारायण प्रसाद पराजुलीले पूर्व विद्यार्थीको समूहले गर्दै आएको कार्यको उच्च प्रशंसा गरेका थिए ।