विराटनगर,१९ असार ।
गिरिजाप्रसाद काेइरालाकाे जन्मजयन्तीका अबसरमा स्थापित गिरिजाप्रसाद युवा कार्यदल(GFYT) स्थापनाको १ बर्ष पुरा भएको उपलक्ष्यमा विराटनगरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गर्नका साथै बाढी प्रभावित क्षेत्रमा रहेका बालबालिकालाई मास्क वितरण गरेको फाउन्डेसन युवा कार्यदलका संयाेजक अंकित पाेखरेलले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस युवा नेता मधुबाबु तिवारी,फाउन्डेसन जिल्ला अध्यक्ष काैशल निराैला , उपाध्यक्ष पुनम सिंह,फाउन्डेसन नगर अध्यक्ष प्रविन जाेशी ,फाउन्डेसन युवा कार्यदलका सह संयोजक सबिन भट्टराई ,सचिव सुभाष सापकोटा (डेनी),सह सचिव पुणिका सिंह ,सदस्य सरूप खनाल ,सुरज नेपाल लगायतको सहभागीता रहेको थियाे