Birat Post आइतबार, भाद्र २०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० भदौ / मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवाको उपचारको क्रममा मृत्यु भएपछि परिवारजनले घटनालाई रहस्यमय भन्दै छानविनको माग राखेका छन् ।
शुक्रबार दिउँसो विराटनगर ११ देखि गाँजासहित पक्राउ परेका ३७ वर्षीय भीम कामतको आज उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो ।

कामतको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले रहस्मय तरिकाले मृत्यु भएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरिनुपर्ने माग राखेका छन् । मृतक कामतको दुवै खुट्टामा निलो डाम र शरिरमा चोटपटक लागेको कारणले दाजुको रहस्मय तरिकाले मृत्यु भएकोले घटनाको निष्पक्ष छानविन गरिनुपर्ने भाइ विरेन्द्रले बताए । ‘दाजु विरामी भएको खबर हामीलाई प्रहरीबाट साढे १ बजे आयो । तत्काल कोशी अस्पताल आउँदा दाजुको मृत्यु भइसकेको थियो । हामीलाई त्यसबेला शव हेर्न नदिकन मुर्दा घरमा राखिएको थियो । वडाअध्यक्ष आएपछि दाजुको शव हेर्दा दुवै खुट्टामा निलो डाम रहेको छ,’ भाई विरेन्द्रले भने, ‘जिउँमा पनि दाग रहेकोले यो घटना रहस्मय रहेको छ ।’

घटनाको विषयमा उच्चस्तरीय छानविन समिति गठन नगरेसम्म कामतको शव नबुझने भन्दै मृतकका आफन्तले अस्पताल बाहिर नाराबाजी गरेका थिए । उनकी पत्नी यशोदाले प्रहरी हिरासतमा रहेको व्यक्तिको ज्यान जाने घटना रहस्यमय भएको दाबी गरेका छन् । ‘त्यसैले घटनाको छानबिन हुनुपर्छ’ उनको माग छ ।

विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतले घटना रहस्मय रहेकोले छानविन समिति गठन गरेर निष्पक्ष छानविन गरिनुपर्ने बताए । हिरासतमा रहेकै बेला विरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृतक कामत पक्राउ परेयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज म्याद थपको तयारीमा प्रहरी थियो । प्रहरीले भने हिरासतबाट अदालत लैजानका लागि बाहिर निकाल्दा उनी ढलेका थिए । रिंगटा लाग्यो भन्दै ढलेका उनलाई अस्पतालमा पुर्याएको केहीबेरमा चिकित्सकले मृत घोषित गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल