Birat Post आइतबार, भाद्र २७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२७ भदौं ।
युवाकविमीनकुमार नवोदितको ‘समयको बयान’कवितासंग्रहको विमोचनगरिएको छ । नेपाल साहित्यिकपत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममावरिष्ठ कवितुलसीदिवसले कवितासंग्रहको विमोचनगर्नुभयो । कवितासंग्रहकाबारेमावरिष्ठ कविएवं समालोचकप्रमोद प्रधानले समीक्षागर्दै नवोदितको कवितासंग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताउनुभयो । उहाँले संग्रहले नेपालको राजनीतिक, आर्थिक, सामाजिकमात्रै नभएर लैंगिकविभेदलाई सशक्त रुपमा उठाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मीनकुमार नवोदितको समयको बयानले वास्तवमै अहिलेको युगको बयान गरेको छ । यस संग्रहले नवोदितलाई निकै माथि उठाउँछ ।” समालोचकप्रधानले समयको बयानले नवोदितलाई कविका रुपमा स्थापितगर्ने विश्वास गर्नुभयो । “नेपालीकविता लेखनले अहिले नयाँउचाइप्राप्तगरिरहेको छ, यसमा यो कवितासंग्रहले पनि एउटा इँटा थपेको छ,” उहाँलेभन्नुभयो, “सबै क्षेत्रलाई संग्रहले उठाएकाले पाठकको मन जित्नेछ ।” त्यस्तै समालोचक ज्ञानु अधिकारीले नेपालीकविता साहित्यकै सबैभन्दा पुरानो विधाभएको बताउँदै नवोदितको कवितासंग्रहले त्यो इतिहासमा एउटा इँटा थपेको चर्चा गर्नुभयो । उहाँले नवोदितको कवितासंग्रह पढ्दा अहिलेको नेपालको तस्बिर देखिने बताउनुभयो । बेरोजगारी समस्या, युवापलायन, आर्थिक अभाव, मानवीय संवदेनामाआएको ह्रासलगायतकाविषयलाई संग्रहमा सशक्त रुपमा उठाएको उहाँको भनाइथियो ।
कार्यक्रममाअग्रजकवि विमल भौकाजी, उमेश राई अकिन्चन, शकुन्तला जोशी, महेश पौड्याल,शुभलक्ष्मी लम्साल, रामगोपाल आशुतोष, मन्जिला उपाध्यायले विमोचित कृतिकाकवितावाचनगर्नुभयो । कार्यक्रममाप्रमुखअतिथितुलसीदिवसले नेपाली साहित्यको कविताविधामानवोदितले प्रचुर सम्भावनाबोकेको बताउनुभयो । “काठमाडौंबाहिर बसेर पनि राष्टियस्तरमै चर्चा कमाउनु सामान्य कुरा होइन,”उहाँलेभन्नुभयो, “विगतमाभन्दानवोदितमानिखरताआएको पाउँदामलाई धेरै नै खुसीलागेको छ ।”नवोदितको लेखन अहिलेको युवा पुस्ताकालागिनयाँआयामभएको र विशेष गरी ग्रामीण विषयलाई उठाउने गरेको उहाँले बताउनुभयो । उहाँले संग्रहभित्रकाअधिकांशकविता ग्रामीण जनजीवनसँग निकट गरेको उल्लेख गर्नुभयो । आयोजक संस्थाकाअध्यक्ष राधेश्याम लेकालीले नयाँ संग्रहले नवोदितलाई युवा पुस्ताका सशक्तकविका रुपमा स्थापित गरेको बताउनुभयो । नेपाल सरकारबाट २०७७ सालको युवावर्ष मोती पुरस्कारबाट विभूषितनवोदितका यसअघि ‘फूलबारीभित्रकाभमराहरू’ र ‘झरीले रुझेको गाउँ’गरी दुई कवितासंग्रहप्रकाशितभइसकेकाथिए । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको कवितासंग्रहमा ४२ वटा कविता संग्रहित छन् ।

 

सम्बन्धित

ताजा अपडेट
तापमान बृद्धिका विषयलाई लिएर चिन्ता व्यक्त, रेडक्रस र विराटनगर महानगरले “हिट एक्सन प्लान” बनाउने
कोकनको सहकार्यमा महानगरद्वारा परिवार संवाद कार्यक्रम आयोजना
विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण गर्दै विराटनगर महानगर, बैंक तथा वित्तीय संस्थाको सहयोग, मुन्दडा संयोजक

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल