Birat Post सोमबार, भाद्र २८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २८ भदौ ।
चौधरी फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएको ‘अप्रेसन दृष्टि’ कार्यक्रम पुनः सुचारु गरेको छ ।
कोभिडका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको कार्यक्रम आइतबारदेखि सुनसरीको गढी गाउँपालिकाबाट सुरु गरिएको सिजी रुपका प्रादेशिक प्रशासक रामजी कटवालले जानकारी गराए ।
गढी गाउँपालिकाको सत्तेरझोडा र औरावनीमा रहेको स्वास्थ चौकीमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विराटनगरस्थित दिव्य दृष्टि आँखा अस्पतालका अनुभवी चिकित्सकले ‘अप्रेसन दृष्टि’ कार्यक्रममार्फत निःशुल्क सेवा प्रदान गरेका थिए ।
कार्यक्रमबाट आँखासँगै कानको जाँच एवं उपचार सेवा प्रदान गरिएको थियो । गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले आफ्नो आँखा जाँच गराउँदै सुरु भएको कार्यक्रममा मास्क, सेनिटाइजर वितरण तथा सामाजिक दूरी कायम गर्दै कोभिडविरुद्ध सचेतना अपनाइएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल