Birat Post बुधबार, भाद्र ३०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

       -उषा सरदार

विराटनगर,३० भदौ ।
नेपाल रेयूकाईले मोरङको कटहरी गाउपालिकामा बृक्षारोपण गरेको छ । कटहरी गाउँपालिका–२ मा एक कार्यक्रमको आयोजना गरी नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर क्षेत्रका सदस्यहरुले बृक्षारोपण गरेका हुन् । कटहरी २ मा रहेको ग्रामथानको प्राङ्गणमा फलफुल लगायत विभिन्न जातिका एक सय ५० भन्दा बढी विरुवा रोपिएको छ ।

कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले वृक्षारोण कार्य प्रशंसनिय रहेको बताए । नेपाल रेयूकाई परिवारले गरेको परिकल्पनामा आफुले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ग्रामथानमा रोपिएका विरुवाको संरक्षणमा आफु लाग्ने बताए ।

कार्यक्रममा नेपाल रेयूकाईका केन्द्रीय सदस्य पवन उपाध्यायले हरियाली सहरको परिकल्पना रेयूकाइले गरेको बताए । ग्रामथान संरक्षक समितिका कोषाध्यक्ष अरविन्द शर्माले विरुवाको संरक्षणमा आफुले थप लगानी सहित संरक्षण गर्ने बताए ।नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य आसा सरदारले रेयूकाई शिक्षाले समाज र राष्ट्रप्रति कृतज्ञता फर्काउने बताइन् । सामाजिक सेवा मार्फत योगदान पु¥याउने काम नेपाल रेयूकाईले गर्दै आईरहेका सरदारले बताइन् ।

विराटनगर क्षेत्रका प्रमुख सदस्य कौशल निरौलाले रेयुकाइले हरित शहरको सपना देखेको बताए । उनले यो अभियानमा लाग्न सवैलाई आग्रह गरे । कार्यक्रममा नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य, पदमकुमार सरदार, सदस्यहरु टिका विसुनके, श्यामसुन्दर सुतिहार, रिन्कु परियार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल