वीरगञ्ज,३ चैत्र । रौतहटको परोहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहलाई शुक्रबार दिउँसो गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलन गरी प्रहरीले तीनैजनालाई घटनामा प्रयोग भएको ...
विराटनगर ,३ चैत्र । आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास हिजो विराटनगर महानगरपालिका–४ स्थित ...
विराटनगर,२ चैत्र । विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थो बिभागमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ । सिरहाको फुल्काहकट्टी घर भएकी नर्स दास विराटनगर विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा ...
विराटनगर,२ चैत्र । स्थानीय र प्रदेश सरकारले दलित महिलाहरुलाई प्राथमिकतामा राखेर बजेट छुटयाउनुपर्नेमा जोड दिइएको छ । नामका लागि मात्रै रकम छुट्याउदा सम्वन्धित पक्षसम्म सेवा प्रवाह नपुगेको गुनासो दलित महिलाहरुको छ । विराटनगरमा शुक्रबार मोरङका सञ्चारकर्मीहरुसंग बोल्दै अधिकार सम्वन्ध संस्था ...
विराटनगर,२ चैत्र / विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले ...
काठमाडौँ,१ चैत्र । गठन भएको साढे ५ महिनामा सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ...
काठमाडौं,३० फाल्गुन । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर ...
काठमाडौँ ,३० फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको ...
विराटनगर,२९ फाल्गुन / विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ । आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना गर्ने निश्चित भएको महानगरका ...
काठमान्डौं,२९ फाल्गुन ।राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले मंगलबार साँझ शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन्। मंगलबार बिहान राष्ट्रिय सभामा भएको अध्यक्षको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको ...
विराटनगर ,२९ फाल्गुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान ...
काठमाडाैँ ,२९ फाल्गुन । आज राष्ट्रिय सभाले नयाँ अध्यक्ष पाउँदैछ। अध्यक्ष पदको मतदानका लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभा बैठक बोलाइएको छ। राष्ट्रिय सभा अध्यक्ष पदको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने कानूनी व्यवस्था छ। राष्ट्रिय ...
काठमाडौं ,२८ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम –२ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर, बझाङमा भने भाग नलिने निर्णय गरेको प्रवक्ता ...
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात ...
दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तरमा पर्ने यो कालिन्चोक समुन्द्री सतहबाट ३,७०० मिटर उचाईमा रहेको आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्य स्थल हो । मन्दिर परिसरमा भगवती, गणेशका मूर्ति र शिवपार्वती मुर्ति रहेका छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास ...
काठमाडौँ ,२४ फाल्गुन । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार रूपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजार ...
काठमाडौं, २३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिवसमेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । ...
सुदूरपश्चिम ,२२ फाल्गुन । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पदमुक्त गरेका हुन् । पदमुक्त हुनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री ...
काठमान्डौं,२२ फाल्गुन । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसेकाे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। साथै ...
काठमाडौँ,२१ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरेका छन्। कांग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले यसअघिका बसै मन्त्रीलाई पदमुक्त गरेका हुन्। सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ ...
