संकटमा सत्ता गठबन्धन : नेकपा एमाले उत्साहित ,आकस्मिक रुपमा सचिवालयलको बैठक

काठमाडौं,२१ फाल्गुन । हालको सत्ता गठबन्धन संकटमा देखिएको छ । यसका संकेतहरु समेत देखिन थालेका छन् । परिणामस्वरुप सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक समेत स्थगित हुन पुगेको छ । यसै विषयलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएको छ । ...

भारतको गोरखपुरमा भएको अन्तराष्ट्रिय सांस्कृतिक सेमिनारमा पुगे नेता पराजुली

विराटनगर,२० फाल्गुन । नेपाल भारतको सास्कृतिक अन्तरसम्वन्ध विषयक भारतको गोरखपुरमा भएको तीनदिने सेमिनारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सहभागिता जनाएका छन् । महायोगी गोरखनाथ विश्वविद्यालय एवम महाराणा प्रताप महाविद्यालय गोरखपुरद्वारा आयोजित भारत-नेपाल सांस्कृतिक अन्तर्रसम्वन्धोकी विकास यात्रा : अतित से ...

विपीमा समर्पित भन्दै नेता महेश आचार्यले लेखे एउटा गीत

विराटनगर ,२० फाल्गुन । विपीमा समर्पित भन्दै नेता महेश आचार्यले एउटा गीत सामाजिक सन्जाल फेसवुकमा राखेका छन् । उनले गीतलाई ४२ वर्षपछि साझा गर्न मन लाग्यो भनेर लेखेका छन्। उनले फेसवुकमा लेखेका छन् , “यो नोट लेख्न बस्दा अमेरिकामा बिहानको ...

घर-घरमै ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा

विराटनगर,२० फाल्गुन / विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर नि:शुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला ...

विराटनगरका आचार्य श्रीरामानुज नेपाल सर्वदर्शन विषयमा प्रथम, वाल्मीकि विद्यापीठमा उप-प्राध्यापकको जिम्मेबारी पाउने

विराटनगर,२० फाल्गुन । नेपाल संस्कृत विश्वविद्यालय सेवाआयोगद्धारा शैक्षिक तथा प्रशासनिक पदका लागि भएको परीक्षामा सर्वदर्शन विषयमा विराटनगरका धार्मिक तथा सांस्कृतिक धरोहर आचार्य श्रीरामानुज नेपालले प्रथम स्थानमा नाम निकाल्न सफल हुनु भएको छ । उप-प्राध्यापक पदका लागि भएको परिक्षामा उहाँ प्रथम ...

आजबाट सकियो राष्ट्रिय सभाका २० सदस्यको पदावधि

काठमाडौं ,२० फाल्गुन ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिँदैछ। राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ। नयाँ संविधानबमोजिम राष्ट्रिय सभा गठन भएपछि पहिलो ...

इलाम क्षेत्र-२ उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

विराटनगर,२० फाल्गुन । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हुन लागेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि उम्मेदवारी ...

स्वार्थ र पदका लागि नअल्झिन शिक्षकलाई डा.शशांकको सुझाव

काठमाडौं ,१९ फाल्गुन ।  नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सेवा गर्नुपर्ने डाक्टर र ज्ञानको ज्योति छर्ने शिक्षकले निस्वार्थ सेवा नगरेको भन्दै यी दुबै पेशाका मानिसहरुको आलोचना गरेका छन् । आफ्ना पिता नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाबाट प्रभावित भएर आफू ...

आगलागी नियन्त्रणको पूर्वतयारी : विराटनगर महानगरले सञ्चालनमा ल्यायो डिप बोरिङ

विराटनगर,१८ फाल्गुन / विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन विराटनगरस्थित सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ । महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङमा दमकलबाट परीक्षणसमेत गरेको छ । मेयर नागेश कोइराला र उपमेयर ...

पतञ्जली आयुर्वेदले भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको आरोप

   भारतीय अदालतले भन्यो तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउनु काठमाडौँ,१७ फाल्गुन । पतञ्जली आयुर्वेदले विभिन्न मिडियामा भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको भन्दै इन्डियन मेडिकल एसोसियसनले सर्वोच्चमा दिएको निवेदन प्रति अदालतले औला ठड्याएको छ । एसोसिएसनले अवहेलनाको निवेदन दिएको थियो । सो ...

भित्तेपात्रो प्रकाशन गर्न अव पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिनुपर्ने

काठमाडौँ,१७ फाल्गुन ।नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको एकरुपता कायम गर्ने उदेश्य नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले राखेको छ । उसले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई अनिवार्य स्वीकृति लिन र ...

बालेनले मानसिक पीडा दिएको महिला कर्मचारीको आरोप

काठमान्डौं,१६ फाल्गुन ।  काठमाडौँ महानगरका प्रमुख बालेन साहमाथि महानगरकी वरिष्ठ कानुन अधिकृत शस्मिता घिमिरेले मानसिक पीडा दिएको आरोप लगाएकी छन्। घिमिरेले बालेनले आफूलाई कार्यालयमा जिम्मेवारी विहिन बनाएको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर बालेनले आफूलाई मानसिक पिडा ...

राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आंकलन गर्न जरुरी : मन्त्री खड्का

काठमान्डौं,१६ फाल्गुन । काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आंकलन गर्न जरुरी रहेको बताएका छन् । नेपाली सेनाको आयोजनामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले भू ...

विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय

विराटनगर ,१६ फाल्गुन / विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको ...

बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका

वीरगञ्ज ,१५ फाल्गुन । – बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कसपमा भएको बिस्फोटमा परी घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। वर्कसपमा भएको बिस्फोटमा परी घाइते भएकामध्ये पाँच जनामध्ये मृत्यु हुनेको संख्या दुई पुगेको छ। घाइते भएकामध्ये सोमबार ...

नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

काठमाडौं, १४ फागुन । भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। उहाँको आइतबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उहाँको बाटोमै निधन भएको हो । उनका हजार सपनाहरुको, जति ...

लायन्स क्लबका डाक्टरहरू आपतकालीन अवस्थामा जीवन बचाउन सफल

धरान,१४ फाल्गुन /  धरान घोपा युनाइटेड लायन्स क्लबका डाक्टरहरूको एक समूहले आपतकालीन र अपरिहार्य अवस्थामा जीवन बचाउनकालागि गरेको प्रयास चमत्कारी रुपले सफल भएको छ । धरानबाट भेडेटारको बाटोमा दुर्घटनामा परि दुई व्यक्तिहरू बीच बाटोमा गम्भीर रूपमा घाइते भएर रक्ताम्मे थिए, ...

कांग्रेस भित्र हिन्दुराष्ट्रको बहस : एजेन्डाले स्थान नपाएको भन्ने अभिव्यक्तिप्रति नेताहरु आक्रोशित

काठमान्डौं,१२ फाल्गुन । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको एजेन्डाले स्थान नपाएको भनेपछि सम्बन्धित अभियन्ताले चुनौती दिँदै त्यसलाई बेइमानीको संज्ञा दिएका छन्। कांग्रेसभित्र हिन्दुराष्ट्र स्थापना अभियानका मुख्य अभियन्ता, प्रतिनिधिसभा सांसद समेत रहेका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले ...

उत्साहका साथ गाउँ फर्किनुहोला: डा.शंशाक कोइराला

काठमाडौं ,१२ फाल्गुन ।  नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले महासमितिको बैठकपछि सबै प्रतिनिधिहरु उत्साह र उमंगकासाथ गाउँ फर्कन आग्रह गरेका छन् । शनिबार काठमाडौंका डा.कोइरालाले महासमिति सदस्यहरुको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले अब देशको भविष्य कांग्रेससँग मात्र भएको जिकिर ...

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

विराटनगर,८ फागुन / मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल