बागमतीका मुख्यमन्त्रीले विस्तार गरे मन्त्रिपरिषद्

काठमाडौं, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) उनले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । बानियाँले ८ सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् ...

इन्द्र बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै

हेटौँडा ,२० श्रावण  :  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुने पक्का भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दिएको समयसीमा सोमबार दिउँसो २ बजे सकिएसँगै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त ...

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं,२० श्रावण  । पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग २८ लाख धरौटी माग गरेको थियो । उच्च अदालतले प्रसाईलाई तीनकुने घटनाका सम्बन्धमा  तीन लाख र ...

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं ,२० श्रावण । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको हो । बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा ६, ...

पुर्पक्षका लागि थुनामा रहेका दुर्गा प्रसाई सहित थप ३ जनालाई धरौटीमा छाड्न आदेश

  काठमान्डौं,१९ साउन । गत १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दुर्गा प्रसाई सहित थप ३ जनालाई धरौटीमा छाड्न आदेश भएको छ । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश ...

विराटनगरमा घडा सहितको ३१ फिटको काँवर घुमाएर शिव मन्दिरहरुमा चढाइयो जल

विराटनगर,१९ साउन । विराटनगरमा ३१ फिटको काँवर घुमाएर शिव मन्दिरमा जल चढाइएको  छ । विराटनगर- ८ भगवती बट्केश्वर महादेव थानगाच्छीवाट कामरु उठाएर नगरका विभिन्न भागको परिक्रमा गरि स्थानीय बासुकीनाथ मन्दिर र वनस्खण्डी मन्दिरमा जल अर्पण गरिएको थियो । संघीय सांसद ...

यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ,१९ श्रावण । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ ...

देशका केही स्थानमा लगातार वर्षा, सावधानी अपनाउन विभागको आग्रह

काठमाडौं,१८ श्रावण । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । ...

मुख्यमन्त्री लामाले राजीनामा दिएसँगै बागमतीले नयाँ मुख्यमन्त्री पाउने

काठमाडौं ,१८ श्रावण। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । उनले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने ...

नेपाली कांग्रेस विराटनगर-४ ले गर्‍ र्यो क्रियाशिल जेष्ठ नागरिकको सम्मान

विराटनगर,१७ साउन । नेपाली कांग्रेस विराटनगर-४ ले क्रियाशिल जेष्ठनागरिकको सम्मान गरेको छ । शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमका वीच ७२ वर्ष उमेर पार गरेका १० जना ज्येष्ठ क्रियाशील सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सम्मान गरेका हुन् । सम्मानित ...

युवाको आकर्षण नबढाए काँग्रेस कमजोर हुन्छ: नेता कोइराला

विराटनगर ,१७ साउन ।  नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे काँग्रेस कमजोर हुने बताउनुभएको छ । नेपाली काँग्रेस विराटनगर ४ नम्बर वडा समितिले विराटनगरमा आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले ...

चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं १६ श्रावण । गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंको महाराजगञ्ज र ठमेललगायतका क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको भन्दै बिहीबार समातिएका उनीहरुलाई अदालतमा उपस्थित गराएर सात दिन अनुमति ...

सवारी लाइसेन्स नविकरण अवधि १० वर्ष कायम

काठमाडौँ  १६ श्रावण/ चालक अनुमतिपत्रको अवधि १० कायम भएको छ। अब लाइसेन्स लिएको वा नविकरण गरेको दश वर्षपछि मात्रै नविकरण गर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो। अहिलेसम्म प्रत्येक पाँच वर्षमा हुँदै आएको नविकरण अवधि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन ...

आज साउन १५ : खिर खानुपर्छ भन्ने सामाजिक मान्यता

विराटनगर,१५ साउन । आज साउन १५ मुलुकभर खिर खाएर मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ...

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

हेटौंडा,१४ श्रावण । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत ...

भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक

काठमाडाैं,१४ श्रावण  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा अहिले बसिरहेकाे छ । सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि रास्वपा नेताहरु दलको बैठकमा बसेका हुन् ।बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल ...

कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

काठमाडौं,१४ श्रावण  । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका  अनुसार आर्थिक वर्ष २०६२र६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर ...

गठबन्धन सरकार ८४ सम्म कायम रहन्छ : डा. कोइराला

विराटनगर १४ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विस २०८४ सम्म निरन्तर रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरि काम गर्नुपर्ने सुझाव ...

विराटनगरकी सृजा पोखरेल बनिन् एनआरएनए तास्मानिया नारी निकुञ्जको महिला संयोजक

  विराटनगर,१२ साउन । विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्। नेपालबाट ...

सिन्धुलीबाट हराएका एकै परिवारका १६ जनाको नाम सार्वजनिक

काठमाडौँ,१२ श्रावण / सिन्धुलीको गोलञ्जोर  गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नाम सार्वजनिक भएको छ। प्रहरीका अनुसार बेपत्ता हुने‍मा एक वर्षका बालकदेखि ५२ वर्षका महिलासम्म छन्। उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता भएका हुन्। सम्पर्कविहीन ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल