Birat Post सोमबार, माघ ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ माघ

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन ‘प्याब्सन’ मोरङको आयोजनामा विराटनगरमा सम्पन्न प्याब्सन स्पोर्ट्स मीटमा एभरेष्ट स्कुलले २ स्वर्णसहित ७ वटा रजत पदक जितेको छ । स्पोर्ट्स मीटका अधिकांश स्पर्धामा भाग लिएको एभरेष्टले टेबल टेनिस तर्फका २ वटा विधामा स्वर्ण पदक जितेको हो भने २ विधामा रजत पदक जितेको छ । टेबल टेनिसको टीम इभेन्ट छात्राको स्वर्ण जितेको छ ।

जसमा एभरेष्टका तर्फबाट एन्जल पन्त र सोनाम खातुनको टीम रहेको थियो । यस्तै छात्रा सिंगल तर्फ पनि एभरेष्टकी एन्जल पन्त प्रथम हुँदै स्वर्ण पदक जित्दा सोनाम खातुन तेस्रो हुँदै रजत पदक प्राप्त गरेकी छन् । टेबुल टेनिसकै छात्र सिंगल तर्फ प्रतिक कार्की तृतिय हुँदै एभरेष्टलाई अर्को रजत पदक जिताउन सफल भएकी छन् ।

यस्तै बास्केटबल, छात्र तर्फको लङजम्प, १ सय मिटर दौड, २०० मिटर दौड र छात्रा तर्फको सटपुटमा रजत पदक एभरेष्टले जितेको छ । एभरेष्टकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सिर्जना गौतमका अनुसार लङजम्प र १ सय मिटर छात्र दौडमा अर्पण कार्की तेस्रो हुँदै रजत पदक प्राप्त गर्न सफल भएका छन् । यस्तै २ सय मिटर दौडमा आयुस्मा जैसवालले रजत पदक प्राप्त गर्दा सटपुटमा आश्ना गिरिले कास्य पदक जितेका छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल