Birat Post बुधबार, फाल्गुण १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ फागुन ।

विराटनगरस्थित न्यूरो अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अस्पतालबाट हुने सेवामा छुटको व्यवस्था गरेको छ ।
यो सेवा फागुन १७ देखि चैत १७ गतेसम्म रहने छ ।

यसैवारे जानकारी दिने उदेश्यले मंगलबार आयोजित कार्यक्रममा बोल्दै न्यूरो अस्पताल शिल्यक्रिया विभागका डाइरेक्टर राजेश भट्टराईले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचेतना मूलक गर्ने जानकारी दिए । महिलाहरूको सम्मानका लागि एक महिना भरी प्रसूति तथा स्त्री रोगको ओपिडी सेवा नि:शुल्क हुनेछ । अस्पतालले जाँचमा २५ प्रतिशत छुट गर्ने छ भने आवश्यक परामर्श समेत प्रदान गर्ने छ ।

महिलाहरुमा हुने पाठेघरको मुख सम्बन्धी क्यान्सरको जाँच , प्याप स्मियर जाँच र कोल्पोस्कोपी जाँच समेत गरिने छ । यस्तै स्तन क्यान्सर सम्बन्धी परामर्श गरिने छ । अस्पतालले फागुन २० गते बेलबारी नगरपालिका वडा नं.७ अन्तर्गत बाहुनीमा नि:शुल्क बृहत स्वास्थ् शिविरको आयोजना गर्ने भएको छ ।

अस्पताल निर्देशक अनिशा बिष्टको जन्मथलो बाहुनीमा स्वस्थ्य बाहुनी अभियानको थालनी गरिने पनि कार्यक्रममा जानकारी दिइयो ।
न्यूरो सर्जन डा.वाइ बि रोक्का, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. निशा अधिकारी र डा.शैलजा क्षेत्री,अस्पतालका अधिकृत रन्जित बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल