Birat Post सोमबार, फाल्गुण २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ फागुन /

विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा ४ हजारभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । गत माघ २९ गतेदेखि सुरु भएको एक महिने शिविरमा ४ हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिनुभयो ।

विराटनगर वडा नम्बर १८ बाट सुरु भएको शिविर सोमबार वडा नम्बर १९ बाट समापन भएको छ । पुरुषभन्दा महिला बढी स्वास्थ्य जाँच गर्न आएको उहाँले बताउनुभयो । २ हजार ४४५ जना महिला र १ हजार ४३४ जना पुरुषले स्वास्थ्य जाँच गराएका थिए । जसमा भिडियो एक्स–रे १ हजार १७६ जा, ईसीजी ५३५ जना, ल्याब सेवा ८३० जना, भीआइए (पाठेघरको जाँच) ६५० जनाले सेवा लिएको उहाँको भनाइ थियो । शिविरमा कोशी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतले सहयोग पुर्‍याएका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्थापनमा महानगर लागिपरेको सुनाउनुभयो । एकीकृत स्वास्थ्य शिविरका विषयमा महानगरवासीबाट राम्रो प्रतिक्रिया आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १९ का श्याम घिमिरेलगायतको उपस्थिति रहेको थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतका सेवा प्रवाह गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल