Birat Post आइतबार, बैशाख १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ बैशाख / नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरेका थिए ।

उनले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताए । वडा नम्बर १ का अध्यक्षसमेत रहेका बस्नेतले शिविरमा स्वास्थ्य जाँचसँगै आहारविहार र जीवनशैलीका विषयमा पनि जानकारी प्राप्त हुने उल्लेख गरे । त्यस्तै महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्थाभन्दा अगाडिदेखि नै खानपान राम्रो भयो भने जन्मिने बच्चा स्वस्थ हुने बताए ।

उनले आहारविहार र खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए । शिविरमा तौल, बोसोको मात्रा, सुगर, प्रेसर, ब्लड ग्रुपलगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल