Birat Post बिहिबार, आषाढ २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ असार / विभिन्न अभियान जारी राखेको विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान पनि साथै अगाडि बढाएको छ । अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिनुभएको छ । दुईदिन अघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गर्नुभएका मेयर कोइरालाले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गर्नुभयो ।

शिक्षा सदन बिहान पठनपाठन हुँदै आएको छ । वडाध्यक्ष हरिशचन्द्र सहनी (अक्षय), शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराई, महाशाखाका कर्मचारी र सचिवालयको टिमसहित विद्यालय पुग्नुभएका मेयर कोइरालाले सुरुमा हरेक कक्षामा पुगेर विद्यार्थीहरुसित मात्रै अन्तरक्रिया गर्नुभएको थियो । मेयर कोइरालासित विद्यार्थीहरुले शिक्षकहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक नगर्ने गरेकोलगायतका गुनासो पोखेका थिए ।

शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको उनीहरुको भनाइ थियो । विद्यार्थीसितको अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुसित छलफल गर्नुभएको थियो । महानगरको मुटुमा भएर पनि विद्यालयको शैशिक गुणस्तर खस्कनुमा प्रधानाध्यापकसहित सबै शिक्षक–शिक्षिकाहरुले जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो । उहाँले विद्यालय सुधार्नका लागि दुई महिनाको समय दिनुभएको छ ।

दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए महानगरले कडा कदम चाल्ने मेयर कोइरालाले चेतावनी दिनुभयो । “तपाईंहरुलाई दुई महिनाको समय दिएको छु । दुई महिनाभित्र पनि सुधार नभए महानगरपालिका चुप लागेर बस्दैन,” मेयर कोइरालाले भन्नुभयो, “विद्यालयमा विद्यार्थी नियमित नआएको तपाईंहरुलाई चिन्ता छैन । एकले अर्कालाई दोष थोपर्ने र पन्छिने काम अब चल्दैन ।”

राज्यले शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा लगानी गरे पनि प्रतिफल कमजोर भएको उहाँको भनाइ थियो । मेयर कोइरालाले सामुदायिक विद्यालयको सुधारका लागि महानगर जस्तोसुकै कदम चाल्न तयार रहेको स्पष्ट पार्नुभयो । महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने उहाँले बताउनुभयो । मेयर कोइरालाले शिक्षकहरुसितको छलफल अघि ई–हाजिरीसमेत चेक गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल