Birat Post सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१बैशाख / विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् ।

विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सोमबार आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले जानकारी दिए । जसमा १ सय ६२ जना फिजिसियन, ७१ जना हाडजोर्नी, ३१ जना बालरोग, ५४ जना छाला रोग, ७४ जना स्त्री तथा प्रसूति रोग, ५५ जना भिआईए जाँच, १२२ जनाको भिडियो एक्सरे, ६५ जनाले इसीजी सेवा लिएका छन् । त्यस्तै १० जना क्षयरोग पहिचान भएको छ ।

महानगरले १९ वटै वडामा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । शिविरमा फिजिसियन, बालरोग, छालारोग, स्त्री रोग, हाडजोर्नीलगायतका सेवा प्रदान गरिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिए । महानगरले गत वर्षदेखि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष १६ वटा वडामा स्वास्थ्य शिविर सम्पन्न भइसकेको तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
गगन थापा समुहको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,थापाको राजीनामाबारे छलफल हुने
इजरायली आक्रमणपछि विश्वकै अस्तित्वमाथि खतरा : नेतान्याहु
श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल