Birat Post शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

बिर्तामोड ,११ जेठ ।   यसोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड–५ झापाले शव वाहन सञ्चालनमा ल्याएको छ । यसोदा निरौलाको नवौं स्मृति सभाको अवसरमा प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको हो । विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्यले आजदेखि शव वाहन सञ्चालन ल्याइएको प्रतिष्ठानका सचिव तथा स्वर्गीय निरौलाका पति रमेश निरौलाले जानकारी दिए ।  प्रतिष्ठानले सात लाख रुपैयाँको लागतमा सुविधायुक्त शव वाहन खरीद गरेको उनले बताए ।

 

“विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्य रहेको छ”, उनले भने , “आर्थिक अवस्था कमजोर भएकै कारण घाटसम्म शव पु¥याउन नसक्ने अवस्थाका समुदायलाई निःशुल्क र आर्थिक अवस्था राम्रो भएकालाई सञ्चालन खर्च मात्र लिएर सेवा दिन्छौं ।”

वि।सं। २०७२ सालमा स्थापना भएको प्रतिष्ठानले रक्तदान, निःशुल्क आँखा शिविर, अशक्तलाई ह्वीलचियर, चार महिलालाई आर्थिक सहयोग, ११० जनाको निःशुल्क स्वास्थ्य बिमा, सामुदायिक विद्यालयलाई अक्षष कोष स्थापनाका लागि एक लाख, पत्रकार महासंघ झापालाई उपचारकोषमा सहयोग गरेको प्रतिष्ठान संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले जानकारी दिए ।

बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा प्रसुति गराउने क्रममा यशोदा निरौलाको मृत्यु भएको थियो । बिर्ता सिटीले उपलब्ध गराएको पाँच लाख रुपैयाँ र परिवारको तर्फबाट पाँच लाख गरी १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सामाजिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उनले बताए ।  हाल कोषमा १५ लाख रुपैयाँ पुगेको छ । कोषलाई बृद्धि गरी सुत्केरी, गर्भवती महिलाको क्षेत्रका काम गर्ने प्रतिष्ठानको दूरगामी सोच रहेको छ । निकष्ट भविष्य थप सुविधा सम्पन्न शव वाहन गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव रमेश निरौलाले गरेका थिए  भने सञ्चालन संस्थापक अध्यक्ष विष्णुकुमार निरौला गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक सागरमणि ढकाल, डिल्लीराम खनाल लगायत प्रतिष्ठानका तथा परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्ट ट्रेडिङ
आश्विन शुक्ल अष्टमी र नवमी पर्व आज मनाइदै
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल