Birat Post आइतबार, फाल्गुण २५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ फागुन /
लियो क्लब अफ बिराटनगर इनोभेटिभ र न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुक्त आयोजनामा लेडि रोड रन—२०२० सम्पन्न भएको छ । विराटनगर वडा नं.९ स्थित मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड रनमा दर्जनौ युवती तथा महिलाहरुको सहभागिता रहेको थियो । काार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले संस्थाद्धारा हुने विभिन्न खाले गतिविधिबाट मानिसले कुनै न कुनै किसिमको लाभ लिने बताए । स्वास्थ्यसंग हुने कुनैपनि क्रियाकलापले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने भन्दै कार्यक्रमको सफलताको कामना गरे ।
लियो क्लब अफ इनोभेटिभका अध्यक्ष युशा भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डाक्टर बिरेन्द्र कुमार बिष्ट र लायन्स क्लबका डिस्ट्रिक गभर्नर राजन खत्री ,हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराई ,बरिष्ठ गाइनोक्लोजिष्ट डा. सुभद्रा अग्रावाल ,बरिष्ठ विशेषाज्ञ फिजिसियन डा. अग्रज उप्रेति, ,लायन्स क्लब अफ बिराटनगर इनोभेटिभका अध्यक्ष मिना ढुङगेल लगायतका ब्याक्तिहरुले आ -आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६