Birat Post आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ बैशाख ।
विराटनगर महानगरपालिकाले बन्दा,बन्दीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै दूरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यही बैशाख २५ गतेबाट प्रारम्भ भएको कार्यक्रम फलदायी बन्दै गएको छ । विद्यार्थीहरुले कार्यक्रमलाई रुचाएको र यसलाई निरन्तरता दिने विराटनगर महानगरका शैक्षिकप्रशासन महाशाखाका प्रमुख नगरशिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

कार्यक्रम दैनिकरुपमा मकालु टेलिभिजनवाट विहान ११ वजेदेखि दिउसो १ः३० बजे सम्म प्रशारण हुने गरेको छ । यसमा कक्षा ६ देखि १० सम्मका विद्यार्थिलाई समेट्ने प्रयास गरिएको छ । टेलिभिजनवाट हुने प्रत्यक्ष प्रशारणमा गणीत ,विज्ञान र सामाजिक विषय समेटिएको छ । यस्तै रेडियो प्रशारणवाट समेत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पठनपाठनमा सहभागि बनाउने अभियानमा महानगर लागेको छ ।

विराटनगरको पूर्वेली एफ.एम ९८.४ मेगाहर्जवाट समेत शिक्षण गराउने काम भइरहेको छ । एफ एम वाट भाषा विषय अग्रेजी र नेपाली अध्यापन गराउने काम भइरहेको शिक्षा अधिकारी खतिवडाले जानकारी दिए । उनले टेलिभिजनबाट प्रशारित कार्यक्रमले महानगरका विद्यार्थी मात्र नभइ देशभरका विद्यार्थीले लाभ लिन सक्ने बताए । विराटनगर दूरशिक्षा कार्यक्रमको प्रत्यक्ष प्रशारणमा प्याप्सन विराटनगर ,एनप्याप्सन मोरङ,हिसान मोरङ र नेपाल शिक्षक महासंघ विराटनगरको सहकार्य रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल