कोरोना संक्रमितको घर भएकै आधारमा संक्रमण क्षेत्र बनाइनु गलत : मन्त्री घिमिरे

प्रदेश १ का सवै जिल्लालाई संक्रमित क्षेत्र भन्न मिल्दैन

Birat Post बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २८ जेष्ठ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिएतापनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताए । प्रदेश १ मा देखिएको कोरोना संक्रमण भारतबाट आएकाहरुमा मात्र देखिएको छ ।’

प्रदेश १ का बासीन्दा भएपनि भारतबाट आएकाहरु अधिकांश भएको मन्त्री घिमिरेले बताए । भारतबाट आएपनि घर पुग्न पाएका छैनन, घर भएकाको आधारमा जिल्लालाई संक्रमण फैलिएको बनाइयो ,यो गलत हो । प्रदेश १ मा समुदाय स्तरमा कोरोना नफैलिएको पनि मन्त्री घिमिरेले दावी गरे । समुदायमा संक्रमण हुन दिएका छैनौं, पोजेटिभ देखिनासाथ अस्पताल पु¥याएका छौं ’मन्त्री घिमिरेले भने ।

पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएको बताए । भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उनको भनाइ थियो । भुल्केबाटै ‘थ्रिटि’ टेष्टिङ र ट्रिटमेन्टको काम शुरु भएको मन्त्री घिमिरेको भनाई छ ।
भुल्केमा पहिलेकै संक्रमण देखिने संभावना नभएको मन्त्री घिमिरेको भनाई छ । भुल्केसँगै धनकुटा जिल्ला अस्पताल र दमकको संक्रमण पनि नियन्त्रण भएको छ । भुल्केको अनुभवले, अनुभवी र आत्मबल बढाउने काम भएको मन्त्री घिमिरेले बताए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल