Birat Post मंगलबार, आषाढ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ असार ।
प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबार प्रदेश सभामा खर्च बिबरण सार्वजनिक गर्दै कार्कीले हालसम्म प्रदेश सरकारले १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको जानकारी दिए । प्रदेश जनसुरक्षा कोषमा हाल ९ करोड ६९ लाख रुपैयाँ नगद मौज्दात रहेको पनि मन्त्री कार्कीले बताए । प्रदेश जनसुरक्षा कोषमा हालसम्म २९ करोड ५१ लाख ७३ हजार रुपैयाँ रकम जम्मा भएको छ ।

प्रदेश जनसुरक्षा कोषमा जम्मा भएको रकम मन्त्रालयगत रुपमा निकासा गरिएको छ । कोरोना जनसुरक्षा कोषमा भएको रकम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २ करोड, आन्तरिक मामिला मार्फत १५ करोड ३४ लाख र सामाजिक विकास मन्त्रालय मार्फत २ करोड ४८ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सरकारको नियमित बजेटबाट सामाजिक विकास मन्त्रालयले ३ करोड ३० लाख र संघिय सरकारबाट ३ करोड ३० लाख रुपैयाँ प्राप्त भएको पनि कार्कीले बताए । प्रदेश सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन,होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापनमा रकम खर्च गरेको छ ।

यस्तै जिल्ला समन्वय समितिहरूलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामाग्री ढुवानी व्यवस्थापनलगायतका शिर्षकमा पनि कोषको रकम खर्च गरिएको कार्कीले स्पष्ट पारे । उनले भने ‘सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन,होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापनलगायतका कामममा रकम खर्च गरेको छ ।’ कार्कीले मन्त्रालयगत रुपमा भएका खर्च कुन काममा कति खर्च भयो भन्ने विषयमा आन्तरिक लेखा परिक्षण पछि प्रदेश लेखा नियन्त्रण कार्यालयले विस्तृत बिबरण सार्वजनिक गर्ने स्पष्ट पारे ।

कार्कीले काठमाण्डौं बाहिरका नागरिकलाई काठमाण्डौं प्रवेशमा अबरोध गरिएको विषयमा प्रदेश सरकारले संघिय सरकारलाई जानकारी गराईसकेको र काठमाण्डौं प्रवेशमा पासको व्यवस्था खुकुलो पार्न आग्रह पनि गरिएको बताए । मन्त्री कार्कीले प्रदेशको नामाकरणको विषय दलहरूवीचको सहमतिका आधारमा प्रदेशसभाले टुंगो लगाउने स्पष्ट पारे । कार्कीले प्रदेशसभा सदस्यहरूले शुन्य समयमा सोधेका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्रालयलाई आग्रह पनि गरे ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल