Birat Post मंगलबार, आषाढ २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ असार ।
प्रदेश १ का पाँच  जिल्ला कोरोना भाइरस मुक्त भएका छन् । सोलुखुम्बु, ओखलढुंगा, तेह्रथुम, भोजपुर र धनकुटा जिल्ला कोरोना भाइरस मुक्त भएको हो । प्रदेशको १४ वटा जिल्लामा फैलिएको संक्रमण मंगलबारसम्ममा उक्त जिल्लाहरु कोरोनामुक्त भइसकेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव भरतमणी रिजालले पाँच जिल्लाका संक्रमितहरुले कोरोना भाइरसबाट मुक्त भई घर फर्किसकेको र अहिले कोही पनि संक्रमित नभएको बताए । सोलुखुम्बु र ओखलढुंगामा एक,एक जना, तेह्रथुममा तीन, भोजपुरमा ६ र धनकुटाका स्वास्थ्यकर्मीसहित आठ जना संक्रमित भएका थिए ।

प्रदेशमा संक्रमित भएका ६ सय ५ जनामध्ये मंगलबारसम्ममा चार सय ७९ जना कोरोना भाइरस मुक्त भई घर फर्केका छन् भने दुई सय ६ जना चिकित्सकको निगरानीमा रहेका छन् । अहिले झापामा ८, मोरङमा ४४, उदयपुरमा २७, सुनसरीमा २६, इलाममा ९, खोटाङमा ७ , संखुवासभामा ३, पाँचथर र ताप्लेजुङका एक,एक जना संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रदेशमा हालसम्ममा २९ हजार तीन सय १४ जनाको पीसीआर र १८ हजार तीन सय एक जनामा आरडीटी परीक्षण गरिएको छ । प्रदेशस्थित जिल्लाहरुमा स्थापना गरिएको क्वारेन्टिनमा २ हजार चार सय ४७, होल्डिङ एरियामा ४ सय ३० र होम क्वारेन्टाइनमा ३ हजार ६ सय ३३ जना रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल