विराटनगर २६ साउन ।
प्रदेश १ मा आज ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १६ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ८ पुरुष र १ महिला, धनपालथानका २ पुरुष र १ महिला, सुन्दरहरैचाका ३ पुरुष र पथरीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका ७ पुरुष र २ महिला, रामधुनीका ४ पुरुष र इटहरीका १ पुरुषमा गरी १४ जनामा संक्रमण देखिएको छ ।
यसैगरी झापा भद्रपुरका २ पुरुष र १ महिला, गौरादह का ५ पुरुष र अन्य १ पुरुषमा गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै धनकुटा,खोटाङका १/१ पुरुष र अन्य सिरहाका १ पुरुषमा संक्रमण देखिएको हो ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय ६५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश एकबाट आज ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमध्ये मोरङका ५६, झापाका १२, इलामका २२, सुनसरीका ५, सोलुखुम्बुका २ र अन्य स्थानका २ जना रहेका छन् ।
यससँगै प्रदेश एकमा डिस्चार्ज हुनेहरूको संख्या १ हजार १४ पुगेको छ ।