Birat Post सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १५ भदौ ।
प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार ३ सय ९२ जनाको नमुना परीक्षण गर्दा १७ महिला र ३९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १७ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ६ पुरुष, ५ महिला, लेटाङका ४ पुरुष, १ महिला र बुढीगङ्गाकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको धरानका १४ पुरुष, ६ महिला, कोशी गाउँपालिकाका ३ पुरुष,इटहरीकी १ महिला, देवानगञ्ज र इनरुवाका १ १ पुरुष गरी २६ जना, संखुवासभाका ८ पुरुष, १ महिला गरी ९ जना र झापाका २ पुरुष, २ महिला गरी ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ६७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज ५४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ८९ पुगेको छ ।

प्रदेश १ मा हालसम्म ८ महिला र २४ पुरुष गरी ३२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल