Birat Post मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १६ भदौ ।
प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार १ सय ७५ जनाको नमुना परीक्षण गर्दा २१ महिला र ६६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १५ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ७ पुरुष, ३ महिला, बेलबारीका १ पुरुष, २ महिला र रतुवामाईका २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको इनरुवाका २२ पुरुष, ४ महिला,इटहरीका १८ पुरुष, ३ महिला, दुहवीका ४ पुरुष, ३ महिला र धरानका १ पुरुष, १ महिला गरी ५६ जना, झापा दमकका ५ पुरुष, ३ महिला, बाह्रदशी गाउँपालिकाका ३ पुरुष, १ महिला, कमल र गौरीगञ्ज गाउँपालिकाका १ १ पुरुष गरी १४ जना, पाँचथरका १ पुरुष र धनकुटाकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज १४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ३ पुगेको छ ।

प्रदेश १ मा हालसम्म ८ महिला र २५ पुरुष गरी ३३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल