Birat Post बिहिबार, भाद्र १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १८ भदौ ।
प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार १ सय ७५ जनाको नमुना परीक्षण गर्दा २१ महिला र ६६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४४ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका २० पुरुष, १३ महिला, सुन्दरहरैचाका ३ पुरुष, लेटाङका १ पुरुष, २ महिला, कटहरीका २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेका १–१ पुरुष र बुढीगंगाकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी धरानका १७ पुरुष, ४ महिला, इटहरीका २ पुरुष, १ महिला, बर्जु, भोक्राहा नरसिंह र ठेगाना नखुलेका १–१ पुरुष र देवानगञ्जकी १ महिला गरी २८ जना, झापाको कमल गाउँपालिकाका ४ पुरुष ,२ महिला, विर्तामोडका १ पुरुष,४ महिला र अर्जुनधाराका १ पुरुष गरी १२ जना, संखुवासभाका ६ पुरुष, धनकुटाका १ पुरुष, १ महिला, ते¥हथुमका १ पुरुष, १ महिला र अन्य भारतका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ८० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज ६० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ४७ पुगेको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय रहेको छ ।

प्रदेश १ मा हालसम्म ८ महिला र २५ पुरुष गरी ३३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल