Birat Post शुक्रबार, भाद्र २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ भदौ ।
प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ९३० जनाको नमुना परीक्षण गर्दा ३७ महिला र ८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४७ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका २० पुरुष, १२ महिला, धनपालथानका ८ पुरुष, १ महिला, ग्रामथानका १ पुरुष, १ महिला, सुनवर्षीका १ पुरुष, रंगेलीका २ पुरुष र बुढिगङ्गाकी १ महिलामा पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी धरानका २० पुरुष, ३ महिला,इटहरीका ५ पुरुष, १ महिला, दुहवीका १ पुरुष, ७ महिला, कोशी गापाका ५ पुरुष, इनरुवाका २ पुरुष र गढि गापाका १ पुरुष गरी ४५ जना, झापा दमकका ३ पुरुष, ६ महिला, मेचिनगरका १ पुरुष, १ महिला, विर्तामोडका १ पुरुष, १ महिला र कनकाईकी १ महिला गरी १४ जना, संखुवासभाका ११ पुरुष, १ महिला, उदयपुरकी १ महिला र अन्य प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १९ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ५५६ रहेको छ ।

प्रदेश १ मा हालसम्म १२ महिला र ३२ पुरुष गरी ४४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल