विराटनगर २७ भदौ ।
प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १२ सय १२ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ६२ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका २५ पुरुष, २१ महिला, बुढिगङ्गाका ५ पुरुष, ५ महिला, सुन्दरहरैँचाकी १ महिला, कटहरीका ४ पुरुष र ग्रामथानका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी इटहरीका ६ पुरुष, २ महिला, इनरुवा र धरानका २–२ पुरुष, दुहवी र रामधुनीका १–१ पुरुष गरी १४ जना र उदयपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ५९३ रहेको छ ।
प्रदेश १ मा हालसम्म १३ महिला र ३४ पुरुष गरी ४७ जनाको मृत्यु भइसकेको छ ।