Birat Post आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २८ भदौ ।
विद्याभूमि स्कुल (BVS) ले प्रदेश नं. १ मै पहिलो पटक यस शैक्षिक सत्रदेखि फेशन डिजाइनको कक्षा सुरु गरेको छ । प्लसटुका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले नयाँ कोर्षको उद्घाटन गर्दै फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) विषय यस वर्षदेखि थप गरिएको जानकारी दिए ।

विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिज्म अध्ययन गराउँदै आएको विद्यालयले यस वर्षदेखि पूर्वमै पहिलो पटक फेशन डिजाइन र कुलिनरी आर्टस् र हस्पिटालिटी म्यानेजमेन्ट थपेर होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बनाइएको उनको भनाइ छ ।

विद्यालयका प्राचार्य पराग ढुंगानाले यस वर्षदेखि व्यवस्थापनका अन्य विषयमा पनि अध्ययन गराइने बताउँदै विद्यार्थीलाई पढाइका साथै व्यवहारिक शिक्षा दिने बताए । उनले विद्यार्थीलाई सीप मुलक शिक्षा र रोजगारी मुलक शिक्षा दिदै, व्यसाय र रोजगारीका अवसरहरू पहिचान गर्न, उच्चशिक्षा छनौट गर्न र रोजगारमा जोडन मद्दत गर्ने बताए ।

व्यवस्थापन संकाय प्रमुख केशव न्यौपानेले पढाइका क्रममा आफुले युरोपमा देखेका र भोगेका सिकाइ तथा प्रविधिहरु विद्यार्थीलाई बाँड्ने साथै रोजगारी तथा उद्यमशीलतासँग जोड्न यी कोर्ष तथा विषयहरुलाई उपयोगी बनाउने बताए ।

यस्तै फेशन डिजाइन प्रशिक्षक शिक्षा श्रेष्ठले यो कोर्षले विद्यार्थीलाई उद्यमी बनाउने र नेपालको फेशन जगतमा नयाँ आयाम थप्ने बताइन् । उनले कोर्ष सके पछि देश तथा विदेशमा रोजगारी, इन्टर्नसीप र उद्यमी हुन चाहनेका लागि पनि प्रशस्त सम्भावना रहेको उल्लेख गरिन् ।

विगत ४ वर्षदेखि होटल म्यानेजमेन्ट र पर्यटन अध्यापन गराइरहेको विद्यालयले विद्यार्थीका लागि अभ्यास गर्न प्रशस्त व्यवस्था गरिहेको र त्यसले विद्यार्थीमा सैद्धान्तिक भन्दा व्यवहारिक सीप विकासमा जोड दिएको होटल व्यवस्थापन संकाय प्रमुख विश्वराज पन्तले बताए ।

विद्यालयका निर्देशक गुणानन्द महतोले अहिले विश्वनै कोरोना भाइरस (कोभिड– १९) बाट आक्रान्त भएको अवस्थामा विद्यार्थीलाई सहज बनाउन फेसन डिजाइनमा ५० प्रतिशत र अन्य सबै विषयमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल