Birat Post बुधबार, भाद्र ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३१ भदौ ।
प्रदेश १ मा आज १३३ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार २ सय ७३ जनाको नमुना परीक्षण गर्दा ३६ महिला र ९७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ३४ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका १९ पुरुष, ९ महिला, बेलबारीका १ पुरुष, १ महिला, धनपालथानका २ पुरुष, सुनबर्षीका १ पुरुष र कटहरीकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी धरानका २२ पुरुष, १० महिला, इटहरीका १९ पुरुष,७ महिला,कोशी र गढी गापाका ४–४ पुरुष , भोक्राहाका २ पुरुष र बराहक्षेत्रकी १ महिला गरी ६९ जना, झापा दमकका ७ पुरुष, १ महिला, भद्रपुरका ४ पुरुष, २ महिला,बाह्रदशीका ३ पुरुष, २ महिला र मेचिनगरका १ पुरुष गरी २० जना, उदयपुर र धनकुटाका १–१ महिला, भोजपुरका ५ पुरुष, अन्य सप्तरी, राजविराज र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ५ हजार १०० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १९४ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ८५६ रहेको छ ।

प्रदेश १ मा हालसम्म १३ महिला र ३७ पुरुष गरी ५० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल